पथरी : मोरङको पथरीमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।
पश्चिमबाट पूर्व गईरहेको बा ११ च ७९८४ नम्बरको सुमो टाटा सोही दिशा गइरहेको ना ३ ख ७९१८ नम्बरको ट्रकको मुनि छिड्दा १ जनाको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारको लागि धरानको वीपी र न्युरो अस्पताल विराटनगर पठाइएको छ । मृतक र घाइतेहरुको नाम खुलाएको छैन ।घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।