धरान: धरानको नाष्ट कलेजका खाद्य प्राबिधिक विद्यार्थीहरुले शनिबार सूचनाको हक सम्बन्धि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्राबिधिक विद्यार्थी संघ धरानले आयोजना गरेको कार्यक्रममा ६० विद्यार्थीहरुको उपस्थित रहेको थियोे । सूचनाको हक सम्बन्धि अभिमुखिकरणको प्रमुख प्रशिक्षणको रुपमा सुचनाको हकका लागि जिल्ला संजाल सुनसरीका कार्यक्रम संयोजक बिष्णु चौलागाईं तथा अभियन्ता कपिल ढुंगानाले गरेका थिए । कार्यक्रममा सूचनाको हकको बिकासक्रम,आधारभुत ज्ञान,धारणा, महत्त्व, आवश्यकता र सूचनाको शक्ति, सूचनाको हकको कानुनी ब्यवस्थालगायतको बिषयमा साथै, सिद्धान्त र सूचना माग गर्ने तरिकाबारे जानकारी गराईएको थियोे ।
वडा नं १६ का कार्यवाहक अध्यक्ष सुरेश श्रेष्ठले विद्यार्थीले नै देशमा सुसाशन स्थापना गर्न र विकासमा चासो दिएर अघि बढ्न आग्रह गरेका थिए । नेफ्सा धरान बहुमुखी क्याम्पसका निवर्तमान अध्यक्ष सुरज खड्का, सामाजिक तथा सिर्जनसिल युवा संगठन नेपालका सस्थापक अध्यक्ष समोज खत्री, केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसारका नेफ्सा सभापति सफल घिमिरे लगायत पनि कार्यक्रममा अतिथिकोरुपमा उपस्थित भएका थिए । कार्यक्रमको संयोजक निमेष गौतम रहेका थिए भने नेफ्सा धरान बहुमुखी क्याम्पसका सभापति पवन पराजुलीको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो ।


































































