उदयपुर: उदयपुरको चौदण्डी नगरपालिका ५ खोरिया टोलमा रहेको जंगलमा भालुको आक्रमणबाट शनिवार २ जना घाइते भएका छन् ।

अपरान्ह ४ बजे नजिकै रहेको सिवाई जंगलमा बाँस काट्ने क्रममा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट २५ बर्षीय मनिष शर्मा र २६ बर्षीय घुरन सदा घाइते भएका हुन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ ।