संखुवासभा:संखुवासभाको खाँदवारी नगरपालिका ८ रातमाटेमा घरायसी विवाद हुँदा आफ्नै घरमा आगो लगाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार राती पौने ९ बजे स्थानीय जिरे राईको घरमा आगलागी भएको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएको थियो । घटनाबारे बुझ्ने क्रममा जिरेका छोरा सन्तोष राईले घरायसी विवादको कारण आफ्नै घरमा आगो लगाएको खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

आगलागीबाट राईको फुसको छानो भएको २ तले घर, घर भित्र रहेको सम्पूर्ण सामान जलेर जलेर नष्ट भएको छ । आगलागीबाट करिब ४ लाख मूल्य बराबरको क्षति भएको छ । उक्त आगलागी प्रहरी र स्थानीयवासीको नियन्त्रणमा पूर्ण रुपमा नियन्त्रणमा लिईएको थियो भने कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।