पथरी: प्रहरीले शनिबार राती लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

पथरी शनिश्चरे २ स्थित बुद्ध चोकका टाईसन राईलाई प्रहरीले पक्राउ गरेको हो । राईको साथबाट डाइजापाम ८ थान, फेनारगम ९ थान र लुप्रिजेसिक ८ थान लगायतका लागुऔषध बरामद गरिएको छ । राईलाई लागूऔषध नियन्त्रण ऐनअन्तरगत मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।