इटहरी : ओरियन्स ग्लोबल नेटवर्क मार्केटिङ नामक कम्पनीको इटहरीमा अवैधानिक रुपमा कार्यालय सञ्चालन गरी करोडौँ रुपैँया भन्दा बढीको ठगी कारोबार गर्दै आएका इटहरी ८ बस्ने रोहित कोइराला आइतबार पुनः पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले ठगीको अरोपमा आइतबार पक्राउ गरेको हो । यसअघि उनी गत श्रावण ६ गते ठगी तथा ज्यान मार्ने धम्कीको आरोपमा पक्राउ परेका थिए । भारतको चेन्नाईमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले नेपालमा अवैधानिक रुपमा आफ्नो नेटवर्क सञ्चालन गर्दै आएको थियो । स्वास्थ्यसम्बन्धी उत्पादन भन्दै ठगी गरेर सर्वसाधारणसँग करोडौँ रुपैया ठगी गरेर लिने गरेको थियो ।
यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईँले अवैधानिक रुपमा कम्पनी सञ्चालन गरेका रोहितलाई पक्राउ गरेको जनाए । ‘ठगीकै केसमा नै फेरी पनि हामीले पक्राउ गरेका हौँ,’उनले भने,‘सामूहिक जाहेरीमा आधारमा पक्राउ गरिएको हो ।’ यसअघि पनि धरौटीमा रिहा भएका उनले आफ्नै कम्पनीमा कार्यरत एक कर्मचारीलाई ज्यान मार्ने सम्मको धम्की दिएको आरोप लागेको थियो । ‘म्याद थपका लागि आजै पठाइएको छ,’प्रहरी निरीक्षक चौलागाईँले भने ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































