ईलाम: सडक खन्ने क्रममा जेसिबिले फ्याँकेको ढुङ्गा लाग्दा ईलाममा १३ बर्षीया बालिकाको मृत्यु भएको छ ।

आज आइतबार दिउँसो ३ बजे ईलाम नगरपालिका ८ गरीमा टोलको भित्री सडक खण्डमा जेसिबिले सडक खन्दै सडकका ढुङगाहरु बाटो मुनी फ्याक्ने क्रममा घटना भएका हो । बाटो मुनी पात पतिङगर बटुल्दै गरेकी स्थानीय देवी प्रसाद न्यौपानेकी १३ बर्षीया छोरी एलिसा न्यौपानेको ढुंगा लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटीगई कानूनी प्रकृया पश्चात बालिकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ । जेसिबि प्रहरीको नियन्त्रण रहेको छ भने चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।