झापा: आईतवार साँझ झापाको बुद्धशान्ती गाउँपालिका २ झिलमिले पुल छेउमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
साँझ पानै ७ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री बुद्धशान्ती गाउँपालिका ३ का ३२ बर्षीय जीत कुमार राई गम्भीर घाईते भएका थिए । घाईतेलाई उपाचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक पाँचथरको फिदिम नगरपालिका १ का २६ बर्षीय रिन्छे सेल्मुको सोही अस्पतालमा उपचार भईरहेको छ । दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बुधवारेको नियन्त्रणमा रहेका छन् ।