खोटाङ:खोटाङको साकेला गाउँपालिका ४ हुपापु भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

दिउँसो २ बजे साकेलागाउँपालिका ५, कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर महिलाको मृत्यु भएको हो । साकेला गाउँपालिका ४ की ३५ बर्षीय तारा खड्काको मृत्यु भएको हो । घटनाको जानकारी पाउना साथ तत्काल इलाका प्रहरी कार्यालय मात्तिम विर्ताबाट प्रहरी टोली खटिएको प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा पुगेर कानुनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको उक्त कार्यालयले जनाएको छ ।