झापा: सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी शिवसताक्षी नगरकी स्वास्थ्यकर्मी शुजना शेर्माको सोमबार साँझ झापाको विर्तामोड स्थीत विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिकाको सतासीधाम स्वास्थ्य चौकीको ल्याव असिस्टेन्ड पदमा कार्यरत २३ वर्षीय शेर्माको मृत्यु भएको सो अस्पतालले जनाएको छ । नगरको वडा नम्बर ८ स्थीत विकास चोककी शेर्मा गएको चैत ४ गते कनकाई नगरको जामुनखाडी चोकमा दुर्घटनामा परेकी थिईन । झापाको विर्तामोडबाट घर फर्कने क्रममा पुर्वपश्चिम जामुनखाडी चोकमा दुर्घटनामा परेकी शेर्मालाइ उपचारको लागि विर्तामोडको विएण्डसी लगिएको थियो ।

शेर्मा सवार मे ९ प ७१६२ नम्बरको स्कुटी को १ च ९४०१ नम्वरको पिकअप भ्यान संग ठोक्कीएको ईलाका प्रहरी कार्यलय सुरुङ्गाले जनाएको छ । शेर्माको मंगलवार मेचि अंचल अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । यसैबिच शेर्माको निधनमा सोक ब्यक्त गर्दै शिवसाताक्षी कार्यपालिका, वडा कार्यालयहरु र नगरभित्रका सबै स्वास्थ्य चौकीहरुमा मंगलबार एक दिने शोक बिदा दिने निर्णय गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । सोमबार साँझ एक शोक शन्देश जारी गर्दै नगरपालिकाले यस्तो जनाएको हो ।