सुनसरी:सुनसरीको ईटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प अगाडीबाट प्रहरीले लागूऔषध कारोवारमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोवारमा संलग्न रहेको भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषधसहित मोरङ बवियाविर्ता ६ का ३१ बर्षीय जितेन्द्र राजवंशीलाई पक्राउ गरेको हो । उनी हाल ईटहरी उपमहानगरपालिका २ मा डेरा गरी बसेका थिए ।

सोमबार राती करिब ८ बजे राजवंशीको कोठामा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध नाइट्रोसन ट्याब्लेट १ हजार ८ सय चक्की, ट्रिकेयर ५ हजार ८ सय ५३ क्याप्सुल, स्वासपेन ८ सय ५०ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ट्याब्लेट ५ सय ८५ क्याप्सुल र सिटिजेट ७४ ट्याव्लेट बरामद गरेको हो । बरामद लागूऔषध सहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।