धरान (डेस्क) : झापाको कमल गाउँपालिका समयगढ भन्ने स्थनबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

करणी गरेको आरोपमा प्रहरीले मंगलवार राती ८ बजे सोही स्थान बस्ने ४२ वर्षीय शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको भनि युवतीको बावुले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।