धरान(डेस्क) : सुनसरीको कोशी गाउँपालिका ७ मा आज बुधबार बिहान पिकअप गाडीको ठक्करबाट जंगली अर्ना मरेको छ भने पिकअपमा सवार ३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गमा बिहान साढे ४ बजे पूर्वतर्फ जाँदै गरेको लु २ च ५९५८ नम्बरको पिकअप गाडीले बाटो काट्दै गरेको अर्नालाई ठक्कर दिदा अर्ना घटनास्थलमा नै मरेको हो भने उक्त पिकअप सडकमा पल्टिदा चालक दाङ गडुवा गाउँपालिका २ बस्ने १८ वर्षीय श्रीचन्द्र चौधरी, ४१ वर्षीय ज्ञान प्रसाद चौधरी र ३८ वर्षीय जीतराम चौधरी घाइते भई उइचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।