धरान(डेस्क) : साहित्यकार झमक घिमिरेको चर्चित आत्मकथामा आधारित फिल्म ‘जीवन काँडा की फूल’ को वल्र्ड प्रिमियर सो गरिएको छ ।

अष्ट्रियाको भियनास्थित मार्गरेट फिल्म क्यासिनो हलमा २५ मार्चका दिन साहित्यकार घिमिरेको आत्मकथामा आधारित फिल्मको वल्र्ड प्रिमियर गरिएको हो । प्रिमियर कार्यक्रममा अष्ट्रेलियाको निम्ति नेपाली राजदुत प्रकाश सुवेदी, अष्ट्रिया पूर्व राजदुत परिवार सदस्य लिजेलोट्टे भालडाइम, भियना शहरको सांस्कृतिक प्रमुख डा. हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडिया लगायतको विशिष्ट अष्ट्रेलियन र नेपाली नागरिकहरुको उपस्थिति थियो ।

नेपालबाट भियना पुगेका फिल्मका निर्माता तथा निर्देशक विनोद विष्ट, युकेबाट भियना पुगेका जीवन काँडा की फूल पुस्तकका प्रकाशक विश्वदीप तिगेला र राजदुत सुवेदीले फिल्मको बारेमा मन्तव्य राखेका थिए । फिल्म हेरेका दर्शकले फिल्म प्रेरणादायी भएको प्रतिक्रिया दिएको फिल्मका निर्माता तथा निर्देशक विनोद विष्टले बताए ।

Film-Phots-(6)

अष्ट्रियन नेपाली सोसाईटी सगरमाथाको आयोजनामा फिल्मको प्रिमियर सो भएको थियो । सोसाइटीकी अध्यक्ष श्रीमति शिला स्टाइनरले सहयोगी साथै उपस्थित सबै प्रति धन्यवाद व्यक्त गरिन् ।  कार्यक्रम सम्पन्न गर्न नेपाली सामाजिक तथा साँस्कृतिक संस्था (नेसासा) कोनको सहयोग थियो । सो फिल्मको च्यारिटी आगामी ३१ मार्चको दिन भियनामै हुने निर्माता तथा निर्देशक विष्टले जानकारी दिए ।