विर्तामोड: गत फागुन ३० गते शुरु भएको सवारी दुर्घटना न्युनिकरण महाअभियान सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक कार्यालय झापाको प्रांगणमा आयोजना गरिएको समापन कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख होम अधिकारीले सो अवधिमा सञ्चालित गतिविधिहरु प्रस्तुत गरेका थिए । विर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष कुमार भट्टराईको प्रमुख आथित्यतामा सञ्चालन भएको समापन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष भट्टराईले खुलेर प्रशंसा गरे । महाअभियान १५ दिनसम्म सञ्चालन भएको थियो । चालकहरुलाई ७ सय थान पोशाक वितरण गरी कार्यक्रम शुभारम्भ गरिएको महाअभियानको अवधिमा जिल्ला ट्राफिक कार्यालय झापाले ३ सय ५० थान सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको जनाएको छ ।

यस्तै, स्थानीय तहसँग समन्वय तथा सहकार्यमा जिल्लाका ९ स्थानमा अव्यवस्थित पार्किङ हटाएको छ भने प्याप्सन, एन व्याप्सन र हिसानसँग ७ स्थानमा अन्तरकृया गरिएको थिो । साथै, १९ वटा स्कुलमा अनुगमन गरी ५ सय ८१ जना विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गराइएको थियो । उद्योग व्यवसायी, उद्योग संगठन तथा उद्योग बाणिज्य संघसँग ७ स्थानमा ३ सय मजदुरहरुलाई प्रशिक्षण तथा १ सय १३ थान साईकलमा रिफ्लेक्टर स्टिकर टाँसिएको थियो । झापा जिल्लाको ४ स्थानमा ३ सय ९३ जना सवारी चालकको स्वास्थ्य चेकजाँच, झापा जिल्लाको ३ स्थानमा सरोकारवाला निकायहरुको उपस्थितिमा अन्तरकृया कार्यक्रम गरिएको पनि प्रहरी नायव निरक्षिक कालिदास रेग्मीले जानकारी दिए ।