धरान: बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि धरानले बालबालिकाहरुको लागि आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरुको लागि अलग्गै द किड्स वल्र्ड सञ्चालनमा ल्याएको छ ।

बराहको पहिलोे तल्लामा खुलेको किड्स वल्र्डको बिहिबार एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले उद्घाटन गरे । काप्mलेले व्यापार व्यवसायमा मात्र नभै बराहले सामाजिक क्षेत्रमा पनि योगदान पुर्याएकोले अलग्गै पहिचान बनाउन सफल भएको भन्दै प्रशंसा गरेका थिए । ‘बराहले व्यापार मात्र गरेको छैन, आफुले कमाएको नाफाबाट सामाजिक कामहरु पनि गरिरहेको छ, त्यसैले बराहको पहिचान व्यापार, व्यावसायमा अलग्गै बनेको छ,’उनले भने ।

IMG_20190328_142050

बराहले थप ५० लाख रुपैयाँ लगानी गरेर किड्स वल्र्ड सञ्चालनमा ल्याएको धरान प्रमुख मानबहादुर विश्वकर्माले जानकारी दिए । किड्स वल्र्डमा विदेशबाट आयात गरिएका ब्राण्डेड सामानहरु भएपनि सकेसम्म नेपालमा उत्पादन भएकोलाई पनि प्राथमिकता दिइएको उनले बताए । अब बराहका ग्राहकहरुलाई सामान किन्ने यताउता धाउन नपर्ने उनले बताए । किड्स वल्र्डमा कम्तिमा ५० रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको सामानहरु उपलब्ध रहेको प्रालिले जनाएको छ । धरान प्रमुख विश्वकर्माका अनुसार किड्स वल्र्डमा भर्खर जन्मिएका शिशुदेखि १६ वर्षसम्मका बालबालिकाहरुको विभिन्न सामानहरुउपलब्ध छन् । ‘हाम्रो ग्राहक महानुभावहरुलाई सहजताको लागि बच्चाहरुको सामान अलग्गै पाउने ठाउँ बनाइदिएका हौ,’उनले भने,‘अब बच्चाको लागि सिधै यहाँ आएर खरीद गर्दा सहज हुनेभयो ।’

IMG_20190328_142200

किड्स वल्र्डमा बालबालिकाहरुको लागि पोशाक, जुत्ता, चप्पल, स्विमिङ कस्टमलगायतका विभिन्न ब्राण्डका सामानहरु पाइने किड्स वल्र्डका शाखा मेनेजर संगम उदासले जानकारी दिए । उद्घाटनको अवसरमा १५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था भएको पनि उदासले बताए । ‘बेबी सुट, स्विमिङ कस्टम, बच्चाको जुत्ता, कपडा, चप्पल सबै पाइन्छ,’उनले भने । बराहले एउटै भवनबाट सुनचादी पसलदेखि डिपार्टमेन्ट स्टोर, कस्मेटिक, खाद्यान्न, पेय पदार्थ, रेमिट्यान्स सेवा, ट्राभल एजेन्सी, सहकारीलगायत विभिन्न सेवाहरु दिइरहेको छ । यहाँ बराह फेमिलि किचन, बच्चाहरुलाई मनोरञ्जनको लागि बराह संसार, १६ डि थिएटर हलसँगै थेपारीको पनि व्यवस्था रहेको छ ।

IMG_20190328_142828