सुनसरी:सुनसरीको धरान उप(महानगरपालिका १५ सेउती खोलाबाट प्रहरीले बिहीवार लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
लागुऔषधसहित धरान ५ देउरालीका १८ बर्षीय अचित भन्ने मनकुमार राई र धरान ३ का ३८ बर्षीय साङ्गे तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई अपरान्ह सवा ४ बजे अस्थाई प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।
राईको साथबाट लागूऔषध लुपिजेसिक ३० एम्पुल, एभिल ३० एम्पुल र डाइजेल्याव ३० एम्पुल वरामद भएको छ । त्यसैगरी तामाङलाई तरकारी बोक्ने झोलामा लुकाई राखेको लुपिजेसिक ९७ एम्पुल, एभिल ९७ एम्पुल र डाइजेल्याव ९७ एम्पुल बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।