भोजपुर:भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा शुक्रवार रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
रुखबाट लडेर स्थानीय ६५ बर्षीय चन्द्र बहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। श्रेष्ठ बिहान ११ बजे जंगलमा घाँस काट्न रुखमा चढ्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।