संखुवासभा:संखुवासभाको सभापोखरी गाउँपालिका २ गोठगाउँमा शुक्रवार खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

दिउँसो एक बजे आफ्नै हजुर बुवासँग लुगा धुन र नुहाउन गएका ६ बर्षीय सुशन राई दहमा डुबेका थिए । घटनाको जानकारी पाउना साथ अस्थायी प्रहरी पोष्ट घुपुबाट प्रहरीको टोली घटनास्थल गएको थियो । स्थानीयवासीको सहयोगमा बालकको उद्दार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । मृतक बालकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।