सुनसरी: सुनसरीको गढी गाउँपालिका ४ चर्माई टोलमा नहरमा डुबेर एक २ बर्षीय नाबालिकाको मृत्यु भएको छ ।

आज शनिबार दिउँसो साढे १ बजेको समयमा स्थानीय ललित रामकी छोरी करिस्मा राम घरमा कोही नभएको बेला नहरमा डुबेर मृत्यु भएको हो । मृतक बालिका खेल्दै जाने क्रममा नजिकैको नहरको पानीमा डुबेकी थिइन् । उनलाई बगाई लैजादै गरेको अवस्थामा स्थानीयले फेला पारेका थिए । पानीमा डुबेर बेहोस भएकी उनलाई उपचारको लागी कोशी अंचल अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।