सुनसरी: सुनसरीको हरिनगरा गाउँपालिका ६ घुस्की बजारमा भारतीय नम्बरको मोटरसाईकलको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बिआर ११ वाई ९३१३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको हो ।

साईकलमा सवार १० बर्षीय रेहान अन्सारीलाई शनिबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते बालककलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको थियो । उपचारको क्रममा उनको अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक भारत घुर्ना बस्ने बर्ष ६० को मोहमद मुस्ताक अन्सारीलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।