झापा: झापाको भद्रपुर नगरपालिका ३ भैसावारी भन्ने स्थानमा शनिवार जेसिबिको बकेटले लागेर सहचालकको मृत्यु भएको छ ।

भद्रपुर केचना सडक खण्डमा राती सवा ८ बजे जेसिबिबाट तेलको ड्रम निकाल्ने क्रममा जेसिबिको बकेटले लागेर सहचालक २२ बर्षीय बिक्रम राजवंशीको घटनास्थलमा नै मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । चालक तत्काल फरार भएकोले खोजी कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।