सुनसरी:सुनसरीको दुहबी नगरपालिका १० चरैयामा रुख चढ्दा लडेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय शंकर चौधरीले लगाएको बोटबिरुवाको बगानमा रुख चड्ने क्रममा लडेर मृत्यु भएको हो । शनिबार दिउँसो ३० बर्षीय भिम उरावको सुकेको टिकको रुखमा चढ्ने क्रममा मृत्यु भएको हो । उनी रुख चढ्दै गर्दा रुख ढलेर घाइते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा आज बिहान ६ बजे निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।