मोरङ: मोरङको सुन्दर हरैचा नगरपालिका ६, महेश्वर मार्गस्थित भित्रि सडकखण्डमा ट्याक्टरबाट लडेर एक युवती घाईते भएकी छिन् ।
आज दिउँसो पौने १२ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को २ त ७१२६ नम्बरको ट्याक्टरमा सवार २० बर्षीय विना राई ट्याक्टरबाट लडेर गम्भीर घाईते भएकी थिईन् । घाईते उनको सामुदायिक अस्पताल ईटहरीमा उपचार भईरहेको छ भने ट्याक्टर चालक २३ बर्षीय बिमल राईलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ ।