धरान:गायक प्रमोद पोर्तेलको ‘फर्कि आउँछु’ बोलको गीतको म्युजिक भिडियो आईतबार धरानमा सार्वजनिक गरिएको छ ।

धरान संगीत प्रतिष्ठानको आयोजनामा गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । उक्त म्यूजिक भिडियो नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा इटहरी संगीत प्रतिष्ठानका अध्यक्ष राम धामी, गायक पोर्तेल, धरान संगीत प्रतिष्ठानका अध्यक्ष मचेन लिम्बू, नेपाल पत्रकार महासंघका सुनसरी सह–सचिब पत्रकार दिनेश गजमेरलगायतले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । गीतको भिडियोमा गायक पार्तेल र नायिका केकी अधिकारीको मुख्य अभिनय छ । त्यसैगरी, राम बहादुर कार्की (बुबा), पूर्णमाया कार्की (आमा) र वाल कलाकार आरोशी कार्कीको पनि अभिनय छ । म्युजिक भिडियोको निर्देशन सुल्तान इधिंगोले गरेका हुन् । 

_DSC0713

उक्त म्यूजिक भिडियोमा मुग्लान(विदेश)मा भोगिने दुःख र घर परिवारबाट टाढा हुदाँको पीडालाई प्रस्तुत गरिएको गायक पोर्तेलले बताए । म्युजिक भिडियो ५ मिनेट ४४ सेकेन्डको रहेको छ । औपचारिकरुपमा म्यूजिक भिडियोको विमोचन गर्नुपूर्व गोर्खा सिनेफ्ल्क्समा उक्त भिडियो देखाइएको थियो । उक्त गीतको म्यूजिक भिडियो धरानको पानबारी, पूर्वको काकडभिट्टा र छिमेकी मुलुक भारतको सिलगडीको रेल्वे स्टेशनमा छायांकन गरिएको गायक पार्तेलले बताए । गायक पार्तेल धरानको विजयपुर एफएमका आरजे समेत हुन् ।

पाँच जनालाई सम्मान

_DSC0726

गायक प्रमोद पार्तेलको ‘फर्की आउँछु’ बोलको गीतको भिडियो सार्वजनिक गरेको अवसरमा विभिन्न क्षेत्रमा आवद्ध ५ जनालाई सम्मान गरिएको छ । नेपाल आईडियल सिजन २ की उत्कृष्ट १२ सम्म परेकी धरानकी गायिका हिना मल्ल बराईलीसहित ५ जनालाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा बराइलीसँगै युवा रंगकर्मी दिपेन्द्रसिं दर्नाल, ब्रदरर्स बेकरी हाउस धरानका संचालक एनसि राई, बर्गर हाउस ईटहरीका संचालक रामकाजी गुरुङ र इटहरीमा व्यायामशाला संचालन गदै आएकी ममता प्रसाई रहेका छन् । उनीहरुलाई प्रमुख अतिथी एवं प्राज्ञ राम धामी, धरान संगीत प्रतिष्ठानका अध्यक्ष मचेन लिम्बूलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

तस्बिर:सनम तामाङ