झापा:झापाको कन्काई नगरपालिका ३ पूर्व बसपार्क नजिक आइतवार मोटरसाईकलको ठक्करबाट एक जनाको मत्यु भएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ९ प ५५७६ नम्बरको मोटरसाईकलले कन्काई नगरपालिका ८ बस्ने बर्ष ४० को बावुलाल टुडुलाई राती साढे ८ बजे ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते टुडुलाई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका ९ बस्ने वर्ष ४१ को सनम राई समेत घाइते भई सोही अस्पतालमा उपचारभईरहेको छ ।