ईलाम: ईलामको सूर्योदय नगरपालिका ९ बरबोटेमा आइतवार मासु काट्ने बामफोकले घाँटी रेटेर एक व्यक्तिले आत्महत्या गरेका छन् ।

अत्याधिक मादक पदार्थ सेवन गरेका ३९ बर्षीय बिजय राईले राती साढे ९ बजे मासु काट्ने बामफोकले आफ्नै घाँटी रेटेका थिए । घाँटी रेटेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल झापा पठाईएको थियो । अस्पतालमा उपचारको क्रममा नै उनको राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।