झापा: झापाको शिवसत्ताक्षी नगरपालिका ३ मा आइतवार नगरमा डुवेर १ जनाको मृत्यु भएको छ ।

नहरमा डुबेर ६९ बर्षकी धनकुमारी पाण्डेको मृत्यु भएको जिल्ला इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । आइतवार राती ११ बजे देखी बेपत्ता भएकी पाण्डेलाई प्रहरी र स्थानीयवासीद्वारा खोजतलास गर्ने क्रममा सोमवार बिहान कन्काई नहरमा डुबिरहेको अस्थामा फेला पारेका थिए । घटनास्थलमा प्रहरी टोली खटि गई सम्पूर्ण कानूनी प्रकृया पश्चात थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।