धनकुटा: धनकुटाको साँगुरीगढी गाउँपालिका १० घोप्टे भीरमा आज(सोमवार) खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ।

दिउँसो १ बजे भोजपुरबाट पैदल मार्गमा धरानतर्फ आउँदै गरेको बेला भोजपुर आमचोक गाउँपालिका ६ की ४५ बर्षीय कबिता राईलाई माथीबाट ढुंगा खसेर लागेको थियो । ढुंगाले लागेर ढुंगासँगै करिब १ सय ५० मिटर तल खसेर राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया गरिरहेको उक्त कार्यालयले जनाएको छ ।