उदयपुर: उदयपुरको चौदण्डी नगरपालिका ८ सिद्धिपुरमा आज रुखबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

रुखबाट लडेर स्थानीय ३५ बर्षीय कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान ११ बजे घर नजिकै रहेको जंगलमा रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट लडेर उनी गम्भीर घाइते भएका थिए । राईलाई उपचारको लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो । उनको उपचारको क्रममा प्रतिष्ठानमा मृत्यु भएको हो।