भोजपुर : भोजपुरको ट्याम्के मयुम गाउँपालिका ५ खावा रेम्बोमा सोमवार बिजुलीको पोलबाट लडेर एक जनाको मृत्यु भएको छ ।
विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा २ तिवारीभञ्ज्याङका २७ बर्षी नविन राईको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिल्पाले जनाएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा उनको मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर कानूनी प्रकृया पश्चात शव परिक्षणको लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको उक्त कार्यालयले जनाएको छ ।