खोटाङ : खोटाङको ऐसेलुखर्क गाउँपालिकाको डेम्लिटार चुच्चे भन्ने ठाउँमा दुधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् ।

दिउँसो १ बजे दुधकोशी गाउँपालिका ४ का २५ बर्षीय भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउँनासाथ तत्काल इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।