ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ थुकिम्बामा सोमवार ट्याक्टरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री ३५ बर्षीय आईतबीर लिम्बुलाई ठक्कर दिएको थियो । ठक्करबाट राईको घटनास्थलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र चालक मेरिङदेन २ सानथाक्राका २७ बर्षीय लाक्पा शेर्पालाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।