संखुवासभा: संखुवासभाको सभापोखरी गाउँपालिका ६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा करिब ७ लाख मूल्य बराबरको क्षति भएको छ ।
आज विहान करिब ८ बजे स्थानीय बिकाश तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको कम्प्युटर २ थान, प्रिण्टर ३ थान, काउन्टिङ मेशिन १ थान, कुर्सी ४ थान, फायर कन्ट्रोल मेशिन १ थान, फर्निचर लगायत ढोकाको सिसा फुट्नुका साथै सम्पूर्ण सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी बाह्रविसेबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।