खोटाङ:खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ दुधकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका भरत चर्मकारको शव फेला परेको छ ।
थुलुङ दुधकोशी गाउँपालिका ४ का २५ बर्षीय चर्मकार सोमवार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए । नदीले बगाएर बेपत्ता भएका उनलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान १० बजे थुलुङ दुधकोशी गाउँपालिका ३ मैङखु बेँसीमा मृत अवस्थामा फेला पारेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुसंग समन्वय गरी कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको उक्त कार्यालयले जनाएको छ ।