धरान: सुर सरगम समुहको आयोजनामा धरानमा आउदो शनिबार(चैत २३ गते) सांगीतिक कार्यक्रम हुने भएको छ ।
धरान ८ स्थित सभागृहमा हुने कार्यक्रममा ‘स्मुल आइडियल’ विजेताहरुको प्रस्तुती रहने जनाइएको छ । समूहले केही महिना अघि आयोजना गरेको मोवाइल एप्स ‘स्मुल भिडियो गायन प्रतियोगिता’मा विजेता बनेकी दार्जिलिङकी टार्मीट लेप्चासहित चार जनाको प्रस्तुति रहने कार्यक्रम संयोजक रमेश राईले बताए । उनका अनुसार प्रतियोगितामा दोस्रो बनेका काठमाडौका विनोदराज तिवारी, तेस्रो सिक्किमका सागर तामाङ बनेका थिए । यसैगरी, चौथो बनेका धरानका प्रेम लामाको प्रस्तुती रहने जनाएको छ ।
प्रतियोगिताको विजेताहरु मध्ये लामा नेपाल स्मुल गु्रपका हुन् । एनड्रोइल मोवाइलको एप्स स्मुलमा अडियो तथा भिडियो गीत गाउन मिल्ने एक प्रकारको एप्स स्टुडियो हो । यसमा म्यूजिक ट्याक उपलब्ध हुन्छ । त्यसमा आफ्नो इच्छा अनुसारको गीत गाउन अथवा रेकर्ड गर्न सकिन्छ । समूहमा २ सय ३५ जना सदस्यहरु रहेको एजएसएसजी समूहका अध्यक्ष चन्द्र सोताङले बताए । ‘एनड्रोइड मोवाइलमा एप्स स्मुल गायनमा जस्ले पनि भाग लिन सकिन्छ,’उनले भने,‘यसमा हामीले पेज बनाएर आधिकारीक रुपमा संस्था दर्ता गरेर सागीतिक कार्यक्रम गछौं ।’
प्रतिभा भएपनि आर्थिक अभावका कारण गायन क्षेत्रमा आउन नसकेकाहरुको लागि यसले ठुलो सहयोग पु¥याएको उनले बताए । प्रतियोगितामा एप्सको सहयताले भाग लिएको र उनीहरुले गायको भिडियो राष्ट्रिय गायक निर्णायकहरुले छनौट गरेर विजेता घोषणा गरिएको सह–संयोजक कमान सिंह याम्फुले बताए । ‘हामीले दिएको गीत स्मुलमा प्रतियोगीहरुले भिडियो सहितको गीत गाएपछि हामीले निर्णायकहरुलाई फरवार्ड गर्छौं,’उनले भने,‘उहाँहरुले भिडियोमा गाएको हेरेपछि छनौट गर्नुहुन्छ ।’
प्रतियोगितामा विभिन्न देशबाट २ सय ३५ जनाले भाग लिएको कार्यक्रम संयोजक राईले बताए । आफुहरुले टप ८०, टप ४०, टप ३०, टप २० हुदै टप १३, टप १० हुदै विजेता छनौट गरेको बताए । एचएसएसजी समूहको पेजमा औपचारिक रुपमा विजेता घोषणा गरिसकेको बताउदै सह–संयोजक याम्फुले अब कार्यक्रम गरेर खुल्ला रुपमा पनि विजेता घोषित गदै तोकिएको पुरस्कार समेत प्रदान गर्न लागेको बताए । ‘हामीले हाम्रो आधिकारीक पेजमा निर्णायकहरुले विजेता घोषित गरे अनुसार विजेता घोषणा गर्यौ,’उनले भने,‘अब कार्यक्रमगदै विजेताहरुलाई पुरस्कार दिन्छौं ।’
विजेताले ट्रफी, गिफ्टसहित एउटा गीत रेकर्ड गर्न पाउने छ भने दोस्रो, तेस्रो र चौथो बन्नेले क्रमस इलेक्ट्रिक गिटार, हारमोनियम र अकुस्टीक गिटारसहित ट्रफी र गिफ्ट ह्याम्पर गर्ने छन् । कार्यक्रममा आइडियलसंगै संगीतकार ओमप्रकास राईसहितका कलाकारहरु कुशल थलङ, महेन्द्र राई, दिपा तामाङ र हास्यकलाकार उमेश राई (फुलन्देकी आमा)को प्रस्तुति रहने आयोजकले जनाएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































