धरान: यही चैत्र २३ गतेदेखि प्रचीन हरिद्धार चतरामा शुरु हुन लागेको दोस्रो पिण्डेश्वर अर्धकुम्भ मेलामा आउने तीर्थालु भक्तजनहरुलाई यसपाली स्नान गर्नुअघि पहिला पिण्डेश्वरमा पुजा गर्न प्रेरित गरिने भएको छ ।
कुम्भ मेला नै धरानको पिण्डेश्वर महादेवको नामबाट लगाइने भएकोले यहाँ पुजाअर्चना नगरी कोशीमा स्नान गर्दैमा मात्र पुर्ण नहुने भनेर भक्तजनहरुलाई जानकारी गराइने पनि कुम्भ मेला मुल आयोजक समितिका उपाध्यक्ष बासुवेद गौतमले जानकारी दिए । ‘पिण्डेश्वर महादेवको महिमाको आधारमा नै कुम्भमेला शुरु गरिएको हो, त्यसैले यहाँ पुजाअर्चना नगरी कुम्भ स्नान गरेर मात्र हुदैन, पिण्डेश्वरमा पहिला पुजार गरेमात्र पुर्ण हुन्छ भनेर भक्तजनहरुलाई व्यापक जानकारी गराउछौ,’गौतमले भने ।
दोस्रो अर्धकुम्भ मेलाको तयारीको बिषयमा मंगलबार धरान उपमहानगरपालिकाको आयोजनामा वृहत छलफल कार्यक्रम आयोजना भएको थियो । उक्त छलफलमा पनि उपमहानगरपालिकाका कार्यवाहक प्रमुख नरेश इवारमले कुम्भ मेलाको शुरुवात धरानको पिण्डेश्वर मन्दिरबाट शुरु हुनुपर्ने माग राखेका थिए । जगतगुरु वालसन्त मोहनसरण देवाचार्यसहितको सर्वपक्षीय भेलामा उनले कुम्भ मेला पिण्डेश्वरकै नाम र महिमाबाट शुरुवात भएको कारण कुम्भको शुरुवात पनि यहीबाट हुनुपर्ने माग गरेका थिए । ‘कुम्भ मेला धरानको पिण्डेश्वरबाट शुरु गरौ भनेर माग गरेको छुँ, अमृतको पिण्ड पनि यही भएकोले कुम्भको शुरुवात यहीबाट हुनुपर्छ भनेको हो,’इवारमले भने,‘कुम्भ स्नानको फोकस चतराधाममा ठिक छ, तर पुजाको शुरुवात पिण्डेश्वरबाट हुनुपर्छ ।’
२२ गते पिण्डेश्वरमा भव्य पुजा, मुख्यमन्त्री आउने
 
 
अर्धकुम्भ मेला चैत २३ गतेदेखि चतरामा शुरु हुदैछ । मेलाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली आउनेछन् । अघिल्लो दिन २२ गते नै धरानको पिण्डेश्वर मन्दिरमा कुम्भ घडाको पुजा र रुद्री पुजा गरेर शुरुवात गरिनेछ । पिश्डेश्वर क्याम्पसका प्राध्यापक डा. भरत भट्टराईको नेतृत्वमा पुरोहितहरुले रुद्री तथा कुम्भघडाकुटीका पुजा गर्ने मुल आयोजक समितिका उपाध्यक्ष बासुदेब गौतमले बताए । उनले भने ‘यहाँ कुम्भ घडाकुटीका पुजा गरिसकेपछि घडालाई चतरामा पु¥याएर चढाउनुपर्छ, त्यो गछौ ।’ उक्त घडालाई धरान, इटहरी, विराटनगर, इनरुवा हुदै परिक्रमा गराएर चतरा लगिनेछ ।
पुजाको तयारी एवं व्यवस्थापनको लागि धरान वडा नं १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्राईको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा पिश्डेवर बाबाधाम समितिका अध्यक्ष विकास बनेपाली सह–संयोजक रहेका छन् । यसैगरी, समितिको सदस्यमा धरानका धार्मीक संघसंस्था, सुरक्षा निकायका, अन्य विभिन्न संघसंस्थाहरु रहेका छन् । समितिले धरानमा कुम्भको प्रचारको लागि विभिन्न स्थानमा १० गेटको निर्माण गर्नेछ भने धरानमा आउने भक्तजनहरुलाई व्यवस्थित गर्नेछ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        