धरान : गएको आईतबार बेलुका आएको विनाशकारी हावाहुरीको कारणले बारा र पर्सा लगायतका जिल्लाहरु शोकमा डुबिरहेको यस दुखद् घडीमा सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी एकाइ धरानले पीडितहरुका निमित्त राहत संकलन अभियान सञ्चालन गरेको छ । बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान धरानका फ्याक्ल्टी, कर्मचारी, विद्यार्थी र संस्थाका सदस्यहरुबाट सहयोगार्थ राहत रकम संकलन सुरु गरिएको छ ।
बिगतमा पनि संस्थाले प्राकृतिक प्रकोपमा परेकाहरुको लागि सहयोगार्थ लत्ताकपडा, दैनिक उपभोग्यका आवश्यक सरसामान र रकम संकलन गरि प्रभावित क्षेत्रमा वितरण गर्दै आइरहेका छन् । यस प्राकृतिक प्रकोपको घडिमा सम्पुर्ण जनसमुदायलाई सक्दो सहयोग गर्न अपिल गरेको छ । उक्त प्रकोपको समाचार बाहिर आए लगत्तै विद्यार्थी एकाइको बैठक बसि राहत संकलनका निम्ति सदस्यहरु खटिएको संस्थाका अध्यक्ष लोकेन्द्र अवस्थीले जानकारी दिए ।

यस अभियानबाट संकलित रकमले प्रभावित क्षेत्रको वस्तुस्थिती बुझी वास्तविक पीडित पक्षलाई राहत वितरण गर्ने कार्यक्रम रहेको कुरा संस्थाका कार्यक्रम संयोजक ज्योती बोगटीले जानकारी दिए ।
राहत संकलन अभियानलाई साथ सहयोग गर्नका लागि संस्थाका कोषाध्यक्ष सुबास बन्जाडेलाई यस नम्बरमा 9861243139 सम्पर्क गर्न अनुरोध गरेको छ । बारा र पर्सामा २८ जनाको मृत्यु भएको छ भने उक्त घटनामा ४ सयभन्दा बढी घाइते भएका छन् ।