संखुवासभा:संखुवासभाको पाँपखन नगरपालिका ९ सुनार गाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।
मंगलवार दिउँसो करिब अढाई बजेको समयमा असिना पानीसँगै परेको चट्याङ लागेर स्थानीय ४० बर्षीया सिता बिक र ५० बर्षीया सुकुमाया लिम्बु गम्भीर घाईते भएका थिए । घाईते दुवैलाई उपचारको लागि स्थानीय जलजला स्वास्थ्य चौकी लगिएको थियो । चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि वाना स्वास्थ्य चौकी लगिए पनि दुवैको उपचारको क्रममा साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।