मोरङ: मोरङको रतुवामाई नगरपालिका ८ सुवेदी चोकबाट कान्छी आमालाई हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिवार अपरान्ह सवा ५ बजे अनिष बस्नेतको जेठी श्रीमतिका १९ बर्षीय छोरा रविन बस्नेतले आफ्नै घरमा कान्छी आमा २३ बर्षीया पुष्पा बस्नेतलाई चुलेसी र वेल्चा प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते पुष्पालाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । हतियार प्रहार गर्ने रविनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।