मोरङ: मोरङको पथरीशनिश्चरे नगरपालिका १ बाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित ३३ बर्षीय जगत गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले घरमा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले खान तलासी गर्दा लागुऔषध वरामद भएको थियो । उनको साथबाट लागूऔषध डाइजेपाम १०एम्पुल, लुपिजेसिक १०एम्पुल, फेनारगन १०एम्पुल र सिरिन्ज १ थान फेला पारेको थियो । पक्राउ परेका गुङलाई इलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।