धरानः धरान–१३ सर्दुखोला लाइनका खड्ग बहादुर तामाङले २५ वर्ष ड्राइभिङ गरे । विहानै उठ्यो, साहुको गाडी लिएर भानुचोक पुग्यो । भानुचोकबाट यात्रुलाई गन्तव्यमा पु¥याउनुु उनको दैनिकी थियो ।

यही मजदुरीबाट भएको कमाईले परिवार चलेको थियो । परिवारमा श्रीमति, आमा, भाइ–बुहारी र एक बहिनी छन् । सानो ट्याक्सी, भेन, बोलेरो गाडी चलाउने उनी करिब एक वर्षयता थलिए । ढाड दुख्ने समस्याले सवारी चालक पेशा छाड्नु पर्यो । त्यसपछि के गर्ने ? कसरी परिवार चलाउने ? यो चिन्ता थियो उनलाई ।

अहिले भने उनको दैनिकी फेरिएको छ । परिवार कसरी चलाउने भन्ने चिन्ता पनि छैन । पहिला गाडीको स्टेरिङ चलाएर समय बिताउने खड्गबहादुरको हात अहिले कला,कृति सृर्जनामा छ । उनी बाँसबाट बन्ने सजावटको विभिन्न सामान बनाउछन् । यसैमा आफ्नो समय खर्चिन्छन् । उनी भन्छन्,‘ढाड दुख्ने समस्याले गाडी चलाउन सकिन, अहिले यस्तै, कलाकृति बनाउदै बसिबियालो गदैछु ।’

sardu-art15

उनी रेडबुलको बट्टा, कोकको बोतल र बाँसको प्रयोग गरेर विभिन्न सजावटको सामग्री बनाउछन् । बाँसको भाटा, फेविकल र रंगसँग खेल्ने उनलाई बानी नै परिसक्यो । बाँसको घर, पशुपति नाथको मन्दिर, विभिन्न प्रकारकय फुल बनाउछन् । बाँसको जराको सर्प, कछुवा, चरालगायत विभिन्न जनावरको आकृति बनाउन पनि उनी खप्पिस छन् । भर्खरै मात्र उनले एउटा काठको मुढामा सर्प, विच्छि र चराको आकृति बनाए । मानौं, सर्प चराको गुडमा पस्दै छ । आफुले बनाउने कला साँझमा कल्पना गर्ने र भोलीपल्ट बनाउन थालिहाल्ने उनको बानी छ ।

सजाउनको लागि बनाएको सामान उनी बिक्री पनि गर्छन् । सर्दुखोला पारी ओशो आश्रमको डिलमा उनको सानो चियानास्तका पसल छ । पसलमा आउने मानिसहरुले सामान किनेर लैजान्छन् । उनले आफुले बनाएको सामानको मुल्य ३ सय रुपैयाँदेखि १५ सय रुपैयाँ तोकेका छन् ।‘के गर्नु बाँस पनि महंगो छ, दुःखको काम भएकोले मेहेनतको पैसा लिन्छु,’उनी भन्छन्,‘एउटा घर बनाउन ४ दिन समय लाग्छ ।’

S7980021

सानैदेखिको कलाकारितामा उनको लगाव थियो । स्कुलमा ८, ९ पढ्दा नै उनी बाँसको सामान बनाउथे । तर, उनको पेशा भने सवारी चालक बन्यो । उनी पहिला नै कलाकारितामा नआएकोमा अहिले खिन्न हुन्छन् । ‘पहिल्यै यता लाग्नुपर्ने थिएछ,’उनी भन्छन् । बाँसबाट विभिन्न सामग्री बनाउलाई त्यती सहज छैन । उनी आफुमा भएको कलालाई व्यावसायीक रुप दिन चाहन्छन् । तर, आर्थिक अभाव छ । ‘म भित्र थुप्रै कला छ, सोच छ,’ उनी भन्छन्,‘आर्थिक अवस्था कमजोर छु । लगानी गर्न सक्दिन ।’ एउटा कलाकृति तयार गर्न विभिन्न सामाग्री चाहिन्छ, ती सामान किन्न पैसा चाहिन्छ । जसको उनमा अभाव छ । ‘मेरो शिरमा कसैले हात राखिदियो भने म कलाक्षेत्रमा एउटा इट्टा थप्ने काम पक्कै गर्छु, यो मेरो प्रण भयो,’उनी कसम खादै भन्छन् ।

art S7980028