बिराटनगर:उदयपुर र मोरङका २ छुट्टाछुटै स्थानबाट लागऔषधसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ ।
शुक्रवार राती ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय रगेलीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका २ बाट २ वटा मोटरसाईकलसहित ५ जनालाई पक्राउ गरेको हो । गस्तिमा रहेको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ६५ प ७५६९ र को २६ प ५२०४ नम्बरको मोटरसाईकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध भेटिएको थियो ।

पक्राउ पर्नेहरुमा बेलवारी नगरपालिका ९ का ३० बर्षीय सुमन राई, २७ बर्षीय सनिम राई, २१ बर्षीय आदेश राई, लेटाङ नगरपालिका ३ का २९ बर्षीय बिष्णु नेपाली र २३ बर्षीय शान्तिराम काफ्ले छन् । उनीहरुको साथबाट ३२ ट्याव्लेट स्पासप्रोकोन प्लस नामको लागुऔषध फेला पारेको थियो । लागुऔषध सहित पक्राउ परेका ५ जनालाई नै ईलाका प्रहरी कार्यालय रङगेलीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । चेकजाँचमा खटिएको प्रहरी टोलीले स ६ प ९३५५ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका त्रियुगा नगरपालिका १२ का २३ बर्षीय बिष्णु तामाङ र १८ बर्षीय आषिश चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट नोर्फिन १५, डाईजेल्याव १७ र फेनारागन १६ एम्पुल बरामद गरेको थियो । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।