सुनसरी: सुनसरीको रामधुनी नगरपालिका ६ बाट १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २२ बर्षीय शिव सदालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सदाले बालिकालाई चैत्र १७ गते राती घर नजिकै रहेको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको भनि पीडितबालिकाको आमाले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिको सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।