विराटनगर: मोरङमा पनि आज बर्षासँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
मोरङको वुढीगंगा गाउँपालिका ३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो । बुढीगंगाकी १० बर्षीय आराधाना राजवंशीको चट्याङ लागेुर मृत्यु भएको हो । आज दिउँसो पौने २ बजे घर नजिकै रहेको बारीमा गाईवस्तु फुकाउन जाने क्रममा चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिईन् । घाइते भएकी बालिकालाई उपचारको लागि बिराट मेडिकल अस्पताल विराटनगरमा लगिएको थियो । अस्पतालमा उपचारको क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आजै विहान चट्याङ लागेर झापामा पनि एक जनाको मृत्यु भएको थियो भने दुई महिला घाइते भएका थिए । चट्याङ लागेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० बर्षीय प्रकाश राउतको मृत्यु भएको थियो । यस्तै, मृतक राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र उनकी भाउजु ३६ वर्षीया मञ्जु राउत चट्याङ लागेर घाइते भएका थिए ।