धरानः मारेक, दाङ्गपा र तेलुक घर भई विभिन्न ठाउँमा छरिएर रहेका मान्डप गोत्र राजभण्डारीहरुको भेला कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार धरानको हरियाली वन समुहको पार्कमा प्रदेश १ स्तरीय मान्डप गोत्र राजभण्डारी दाजुभाइको भेट्घाट कार्यक्रम भएको हो । सो कार्यक्रममा उनीहरुले आफ्नो पुर्खाहरुलाई पनि सम्झिएको थिए । सो भेलाको उदघाट्न मान्डप गोत्र राजभण्डारीका पुर्खा मदन श्रेष्ठले सुकुन्डामा दिप बालेर गरेका थिए । पुर्खा एउटै भए पनि विभिन्न क्षेत्रमा कर्मथलो बनाएर छरिएर रहेका दाजुभाइबीचमा परिचय आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएका थयो । सथौ, ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो ।

उक्त भेलाले हरिनारायण श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा यज्ञराज श्रेष्ठ, सचिवमा प्रेमराज श्रेष्ठ र कोषाध्यक्षमा सुरेश श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा रश्मी प्रधान, यकिन्द्र श्रेष्ठ, लालबहादुर श्रेष्ठ, गङ्गा श्रेष्ठ, वृष बहादुर श्रेष्ठ, ज्ञान कुमारी, रोहित कुमार श्रेष्ठ, कमला श्रेष्ठ, रमेश कुमार श्रेष्ठ रहेका छन् भने सल्लाहकारहरुमा ललित श्रेष्ठ, अमृत कुमार श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ, ज्ञान कुमार श्रेष्ठ र कृष्ण प्रसाद श्रेष्ठ चयन भएका छन् ।

आफ्नो जातीय सँस्कृती र परम्परा जर्गेना गर्नुको साथै देशका विभिन्न स्थानमा छरिएर रहेका दाजुभाइहरुलाई एकै स्थानमा भेला पारेर आफ्नो सन्तानलाई परिचय तथा चिनजान गराउन सहज होस भन्ने उद्देश्यले दाजुभाइ भेटघाट कार्यक्रम राखेको राजभण्डारी गोत्रका सल्लाहकार ललित श्रेष्ठ बताए । समितिले आफ्नो दाजुभाइमा पर्ने विभिन्न समस्या र बिपत्ति आईपरेको बेला सहयोग गर्ने र जेष्ठ नागरिकलाई हरेक बर्ष आफ्नो बार्षिक उत्साब पारेर सम्मान गर्ने पनि जनाएको छ । समितिले छरिएर बसेका सम्पुर्ण दाजुभाइलाई एक ठाउँमा गोलबध गर्ने उदेश्य राखेको जनाएको छ ।