ताप्लेजुङ:ताप्लेजुङको श्रीजंगा गाउँपालिका ५ पेदाङमा आइतवार बाटो खन्ने क्रममा बाटो माथिबाट झरेको ढुंगा र माटोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ ।
बिहान करिब ११ बजे खैरबारीबाट राष्ट्रिय माध्यामिक विद्यालय पेदाङ जोड्ने बाटो खन्दै गरेको स्काभेटरलाई बाटो माथिबाट झरेको ढुंगा र माटोले किचेर चालकको मृत्यु भएको हो । मृत्यु हुने चालक सिन्धुलीको कमलामाई नगरपालिका १, बेल्टारका २१ बर्षीय बीरबहादुर तामाङ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरीको टोली खटि गई शव उद्धार पश्चात कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाईएको छ भने पुरिएको स्काभेटर निकाल्ने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।