भुटाहा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर १ का १७ जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ ।

वडा नम्वर १ को कार्यालयको सहयोग र नेपाल मुस्लिम वेलफेयर सोसाइटी संस्थाको आयोजनामा ज्येष्ठ नागरिकलाई आइतबार एक कार्यक्रमका बिच दोसल्ला ओढाइ नेपाली ढाका टोपि लगाएर सम्मान गरिएको हो ।

हरिनगर गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अबदुल लतिफ अन्सारीले ज्येष्ठ नागरिकको सम्मान नै राज्यको सम्मान भएको उल्लेख गर्दै ज्येष्ठ नागरिकहरुले समाजमा धेरै योगदान गरेकाले सम्मान गरिएको अबका दिनमा ज्येष्ठ नागरिकको समस्या पहिचान र वकालत गरि सम्बन्धित निकायमा पहल गर्ने समेत बताए ।

कार्यक्रममा मन्तव्य राख्दै वडा सचिव तथा कार्यक्रमका विशेष अथिती डिमपल देव पौदारले पेन्सन तथा सामाजिक सुरक्षा भत्ताबाट आवश्यक समयावधी पार गरेका कोही पनि कुनै कारणले नछुटाउन सबैलाइ आग्रह गरे । ‘राज्यले ज्येष्ठ नागरिकलाइ वृद्ध भत्ता दिएर सम्मान गरेको छ, अब राज्यले मात्रै नभइ समाजले पनि सम्मान गर्नुपर्नेमा जोड दिनुपर्छ’ भने ।

त्यसैगरी अर्को समाजसेवी हाजि इद्रसि अन्सारीले कार्यक्रममा मन्तव्य राख्दै जेष्ठ नागरिक सम्मानित भएपछि ज्येष्ठ नागरिकहरु थप उत्साही जीवन बाच्ने उत्साह पलाएको भन्दै हरिनगर गाउँपालिकाको सबै वडामा यस्तो सम्मान कार्यक्रम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रमुख अथिति वडा अध्यक्ष अबदुल लतिफ अन्सारी, बिशेष अथिति पुर्व गाविस अध्यक्ष तथा समाजसेवी हाजि इद्र्सी अन्सारी, बिशेष अथिति वडा सचिव डिमपल देव पौदार, अथितिहरु भुटाहा प्रहरी चौकिका प्रमुख विष्णु बहादुर पिठाकोटी, मेलमिलाप केन्द्रका अध्यक्ष डा. अलाउदीन अन्सारी वडा सदस्यहरु रिनोद बहरदार, रबिन्द्र गुप्ता, महिला सदस्यहरु कुलुसुम खातुन र रामबति दास, विभिन्न संस्थाका प्रमुखहरु समाजसेवी बुद्धजिहरु लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रमको अध्यक्षता नेपाल मुस्लिम वेलफेयर सोसाइटी संस्थाका अध्यक्ष सेराज फलाहीले गरेका थिए ।