भुटाहा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर १ भुटाहामा छुवाछूत विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
वडा नम्वर १ को कार्यालयको सहयोग र नेपाल वेलफेयर सोसाइटी संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले “दलित एकता आजको आवस्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण भुटाहाबासीको सहभागिता” भन्ने मूल नारा लिएर हिडिरहेको जातिय भेदभाव विरुद्ध अवाज उठाउने र समुदायमा जनचेतना दिने उदेश्यले कार्यक्रम गरेको संस्थाका अध्यक्ष मोजमिल अहमद अन्सारीले बताएको हो ।

कार्यक्रममा वडा नम्बर १ भुटाहाबाट ४५ जनाको सहभागी रहेको थियो । छुवाछूत विरुद्ध अन्तरक्रिया कार्यक्रममा प्रशिक्षक पत्रकार जयकृष्ण यादवले दिनुभएको थियोे । सहभागीहरुले छुवाछूत विरुद्ध समाजिक र कानुनी प्रक्रियाको बारेमा बुझ्न जिज्ञाशा राखेका थिए ।