झापा : झापाको दमकमा गए राति भएको आगलागीबाट ६ लाख बढीको क्षती भएको छ ।
ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाका अनुसार दमक नगरपालिका ३ गोलाटार बस्ने कृष्णप्रसाद गुरागाईको काठको बेराले बनाएको दुई तले टिनले छाएको घरमा आगलागी हुदाँ उक्त मुल्य बराबरको क्षति भएको हो । आइतबार राती करिब ७ बजे गुरागाईको घरमा बिजुली सर्ट भई आगलागी हुदाँ घरभित्र रहेको, घर तथा भाडावर्तन, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो अस्थायी प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयबासीको सहयोगमा २ घण्टापछि करिब ९ बजेतिर नियन्त्रणमा लिएको जनाइएको छ ।